४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

इन्द्रावतीमा युवतीको शव फेला, पहिचान खुलेन

इन्द्रावती गाउँपालिका–११ स्थित इन्द्रावती नदीमा एक युवतीको शव फेला परेको छ। करिब २५/३० वर्षको जस्तो देखिने ती युवतीको शव हिजाे फेला परेको हो।

दाहिने हातमा ट्याटु खोपेकी गहुँगोरो वर्णको ती युवतीको उचाइ ५ फिट ४ इञ्च रहेको प्रहरीले जनाएको छ। उनको शव कालो पाइन्ट र सेतोमा बुट्टा भएको सर्ट लगाएको अवस्थामा फेला परेको हो।

शव फेला परेपछि प्रारम्भिक अनुसन्धान सम्पन्न गरी शवपरीक्षणका लागि काठमाडौँ मेडिकल कलेज, दुवाकोट भक्तपुर पठाइएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले बताए। रासस

प्रकाशित: ५ वैशाख २०७९ ००:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App