१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

वालिङमा जीप दुर्घटनाः मृतक ५ जनाकै सनाखत

स्याङजाको वालिङ नगरपालिका १२ फिरफिरेस्थित डाडाँखर्कमा यात्रुबहाक जीप दुर्घटना हुँदा एक बालकसहित ५ जनाको मृत्यु भएको छ।  

डाडाँखर्कबाट वालिङ नगरपालिका तर्फ आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जीप आइतबार विहान १० बजे दुर्घटनामा परेको थियो। दुर्घटनामा ७ महिने बालकसहित ५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। जीप सडकबाट २ सय मिटर तल खसेको थियो।  

स्याङजाका एसपी राजीव बस्नेतका अनुसार मृत्यु हुनेमा वालिङ नगरपालिका १२ डाडाखर्क बस्ने बीरबहादुर दाला, ४५ वर्षीय हिरा दाला,  ३५ वर्षीया सर्मिला सारु, उनकै सातमहिने छोरा र वालिङ नगरपालिका १४ बस्ने ६१ वर्षीया कुलकुमारी कनौजे रहेका छन्।  

जीपमा ११ जना सवाररत रहेको स्याङजा प्रहरी कार्यालयले जनाएको छ। ६ जना घाइतेलाई पोखरास्थित गण्डकी मेडिकल कलेज उपचारको लागि ल्याइएको छ। घाइतेहरुको अवस्था गम्भीर रहेको समेत प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाए अनुसार वालिङ नगरपालिका १२ डाडाँखर्क बस्ने ५५/६० वर्षीय अंगबहादुर दाला, ५५ वर्षीया मायाकुमारी सारु, ३५ वर्षीय योगेन्द्र थापा, १८ वर्षीया नविना सारु, १९ वर्षीया लक्ष्मी दाला र ६० वर्षीया दलबहादुर थापा(जीप चालक) घाइते भएका छन्।  

घाइतेहरुलाई वालिङ प्राथमिक स्वास्थ्य केन्द्रपछि थप उपचारको लागि पोखरा ल्याइएको छ। ५५ वर्षीय अंगबहादुर दालाको टाउकोमा गम्भीर चोट लागेको छ। योगेन्द्र थापाको टाउको र हातमा चोट लागेको प्रहरीले जनाएको छ। नविना सारु र लक्ष्मी दालाको पनि टाउकोमा चोट लागेको छ। उनीहरु दुवै गम्भीर रहेको प्रहरीले जनाएको छ। जीप चालक दलबहादुर थापाको छातीमा चोट लागेको र अवस्था गम्भीर रहेको स्याङजा प्रहरीले जनाएको छ।

प्रकाशित: ४ वैशाख २०७९ १०:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App