१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

पुल निर्माण गर्न बनाइएको खाल्डोमा डुबेर बालकको मृत्यु

पुल निर्माण गर्दा खोलामा डुबेर मृत्यु भएको बालकको शव निकाल्न जम्मा भएको स्थानीय तथा प्रहरी।

यहाँको ग्वाङखोलामा डुबेर एक बालकको मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका ४ ढुङग्रेबासबाट धुराबजार तर्फ जोड्ने पक्कि पुल निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर बालकको ज्यान गएको हो।  

पक्कि पुल निर्माणका लागि खनिएको खाल्डोमा डुबेर फिक्कल गाउँपालिका घर भई कमलामाई नगरपालिका ५ बस्ने प्रकाश भुजेलका १२ वर्षीय छोरा सृयास भुजेलको मृत्यु भएको हो। शनिबार विद्यालय छुट्टीको समयमा पौडी खेल्ने क्रममा बालक पुल निर्माण स्थलमा खनिएको खाल्डोमा डुबेर मृत्यु भएको स्थानीयले जनाएका छन्। मृतक बालक यहाँको जनता आवासीय विद्यालय रातमाटामा कक्षा ४ मा अध्ययनरत थिए।  

ठेकेदार कम्पनीको गम्भीर लापरवाहीको कारण बालकको मृत्यु भएको भन्दै स्थानीयले शव बुझ्न मानेका छैनन्। निर्माण स्थलमा तारजाली वा जस्तापाताले घेराफेरा नगरि लापरवाहीका साथ खाल्डो खनेर खुल्ला छाड्दा बालक डुबेको स्थानीयको भनाई छ। पुल निर्माणकोको जिम्मा सारस विल्डर्स कम्पनीले पाएको छ।

प्रकाशित: ३ वैशाख २०७९ १२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App