५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

पाल्पामा बस दुर्घटनाः एक बालकसहित दुईको मृत्यु, चार गम्भीर घाइते

पाल्पामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। रैनादेविछहरा गाउँपालिका–६ धारापानी भन्ने स्थानमा शुक्रबार बस दुर्घटना हुँदा एक बालकसहित दुई जनाको मृत्यु भएको हो।  

बस दुर्घटनामा परि रैनादेवीछहरा गाउँपालिका ६ का ४२ वर्षीय बेदबहादुर जिसी र ७ वर्षीय बालक अशोक रास्कोटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी बिरेन्द्र थापाले बताए। पानीडाँडाबाट जुठेपौवा तर्फ जाँदै गरेको ग १ ख ४९०२ नम्बरको बस दुर्घटनामा परेको हो।

बसमा सवार रहेका अन्य ४ बालक गम्भीर घाइते भएका छन्। घाईते हुनेहरुमा सोही स्थानका वर्ष ७ का रोहित घर्ती, वर्ष ८ को मिलन बगाले, वर्ष ८ कै रोमन बगाले, वर्ष ९ को खिमबहादुर घर्ती रहेको प्रहरीले जनाएको छ। गाडी धनि मृतक जिसीले बस चलाएको बताएको छ।  

बस कच्ची सडकबाट करिब ४०० मिटर तल खसेको थियो। मृतक दुई जनाको शव जिल्ला अस्पताल पाल्पामा पोष्टमार्टमका लागि राखिएको छ। प्रहरीका अनुसार बसमा ६ जना मात्रै सवार थिए।

प्रकाशित: ३ वैशाख २०७९ ०६:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App