२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

निर्वाचनमा बालबालिकालाई प्रयोग नगरौं!

वैशाख ३० गतेका लागि घोषित स्थानीय निकायको निर्वाचनमा बालबालिकाहरुलाई प्रयोग गरेर बालबालिकाको राजनीतिक दुरुपयोग नगर्न बुधबार राजधानीमा भएको एक कार्यक्रमका सहभागीहरुले सचेत पारेका छन्।

उनीहरुले निर्वाचनमा राजनीतिक दलहरुले बालबालिकाहरुको सवालहरुलाई घोषणापत्रमा राख्न पनि माग गरे। कर्न्सोटियन नेपालले राजनीतिक दलहरुका प्रतिनिधि र बालबालिकासँंगको गरेको अन्तरसंवाद कार्यक्रममा सहभागी बालबालिकाहरुले निर्वाचनमा सम्भावित राजनीतिक दुरुपयोग रोक्न विद्यालयमा राजनीतिक प्रयोग नगर्न आग्रह गरे।

साथै निर्वाचनमा बालबालिकाहरुको प्रयोगबारे अनुगमन गर्न, निर्वाचन अभियानमा नागरिक समाजको सक्रियता, जनचेतना एवं अभिमुखीकरणको काम गर्न, चुनाव प्रचार-प्रसार, विजय जुलुश आदि जस्ता कार्यमा बालकालिकाहरुलाई सहभागी नगराउन आग्रह गरे। कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुले बालबालिकाहरुले उठाएको माग आ-आफ्नो राजनीतिक दलको घोषणापत्रमा राख्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा नेकपा एमालेकी केन्द्रिय सदस्य उर्मिला कार्की, नेपाली कांग्रेस घोषणापत्र तयारी समितिका सदस्य वंशलाल तामांग, नेकपा माओवादी केन्द्रका डिल्लीराम आचार्य, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य दुर्गा सोवलगायतले बालबालिकाको दुरुपयोग नगर्ने प्रतिबद्धताका साथ आ-आफ्नो घोषणापत्रमा बालबालिकाका अधिकार समावेश गर्ने प्रतिबद्धता जनाए।

निर्वाचनमा बालबालिकाका विषय बालबालिकाकै नेतृत्वमा भन्ने मुल अभियान कार्यक्रम आयोजक कर्न्सोटियन नेपालले गर्दै आएको अध्यक्ष मोहन दंगालले बताए।

प्रकाशित: ३० चैत्र २०७८ १२:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App