४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

सर्लाहीमा दुई सय ६२ प्रहरी कर्मचारीको बढुवा

जिल्ला प्रहरी कार्यालय सर्लाही अन्तर्गत कार्यरत दुई सय ६२ जना प्रहरी कर्मचारीको बढुवा भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले बढुवा भएका सबै प्रहरी कर्मचारीलाई दर्ज्यायनी चिन्ह प्रदान गरी कार्य क्षेत्रमा खटाइसकेको छ।  

जिल्ला प्रहरी कार्यालय अन्तर्गतका विभिन्न युनिटमा कार्यरत १८ जना प्रहरी नायब निरीक्षक (सई) हरु प्रहरी वरिष्ठ नायब निरीक्षक (प्रवनानी) मा बढुवा भएका छन् भने हवल्दारबाट ६५ जना प्रहरी वरिष्ठ हवल्दारमा बढुवा भएका छन्। यसैगरी १७९ जना प्रहरी जवानहरु सहायक हवल्दारमा बढुवा भएका छन्।

बढुवा भएका सबै प्रहरी कर्मचारीहरु शुक्रबारदेखि नै कार्य क्षेत्रमा खटिइसकेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिएका छन्।

प्रहरी नायब निरीक्षक (सई) बाट वरिष्ठ सईमा बढुवा भएका सबैलाई सर्लाही प्रहरी प्रमुख प्रवीण पोखरेलले फुली थपिदिएका हुन्। नेपाल प्रहरीमा नयाँ दरबन्दीसहितको बढुवा प्रावधान लागु भएपछि एकसाथ ठूलो संख्यामा प्रहरी कर्मचारीको बढुवा भएको हो।

प्रकाशित: २६ चैत्र २०७८ १३:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App