३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

अपहरण पछि बालक हत्या काण्डका मुख्य अभियुक्त पक्राउ

सर्लाहीको मलङगवा नगरपालिकाको गम्हरिया टोलबाट अपहरण पछि अबोध बालक हत्या गरेर फरार रहेका मुख्य नाइके कमलेश ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार राति ९ बजेको समयमा विशेष सुचनाको आधारमा सर्लाही प्रहरीले कमलेशलाई पक्राउ गरेको हो। स्थानीय दिपेन्द्र ठाकुरको १० वर्षको छोरा आकाश ठाकुरलाई घरबाटै गत आइतबार अपहरण गरेर हत्या गरेर फरार रहेका कमलेश सिमवर्ती भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरीले नेपाल भारत सीमा क्षेत्रको सेमरा नाका बाट पक्राउ गरेको जनाएको छ।

बालकको अपहरण पछि हत्या भएको घटनाका मुख्य अभियुक्त कमलेश लाई पक्राउ गर्नको लागि नेपाल भारत सिम क्षेत्रमा सर्लाही प्रहरीले उच्च निगरानी बढाएको थियो। जिल्ला प्रहरी कार्यालय बाट प्रहरी निरीक्षक जटाशङ्कर यादवको नेतृत्वमा खटिएको टोलिले नेपाल भारत सिमा क्षेत्रको सिमरा नाका बाट पक्राउ गरेको सर्लाहिका प्रहरी प्रमुख एसपी प्रबिण पोखरेलले बताएका छन्।

पक्राउ परेका मुख्य अभियुक्त कमलेशले छिमेकी दिपेन्द्र ठाकु सँग धेरै पैसा छ, त्यसकारण बच्चा अपहरण गरेको प्रहरी समक्ष बयान दिएका छन्। उनले गत आइतबार बेलुकी साढे ८ बजेको समयमा हवाहुरी र पानी पर्ने छाटखाट भएकै बेला अबोध बालक आकासलाई अपहरण गरेको केही घन्टा मै हत्या गरेर घरकै पुर्व पट्टि बरन्डामा रहेको सेफ्टि ट्याङ्किमा प्लास्टिकको बोरामा शव बाधेर खसालेको प्रहरी समक्ष स्वीकार गरेका छन्। घटनामा सालग्न कमलेशका बुवा सहित ८ जनालाइ प्रहरीले पक्राउ गरेका छन्।

प्रकाशित: २६ चैत्र २०७८ ०५:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App