४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

प्रहरी र सरकारी वकिल कार्यालयमा बिचौलियाको प्रभाव

चेक बाउन्स गराएकी पीडित आफै थुनामा

महेशले काटेको नौ लाख ८० हजारका चेक र अदालतमा दिएको मुद्दाको कागज पत्र देखाउँदै ईन्दुकी सासु गीता।

बारा जिल्ला अदालतमा चेक अनादरमा मुद्दा दिएकी एक महिला जिल्ला प्रहरी कार्यालय बाराको थुनुवामा पुगेकी छिन्।

कलैया उपमहानगरपालिका ४ घर भएकी इन्दुकुमारी जैसवाल पैसा फिर्ता पाउनको साट्टो जिल्ला प्रहरी कार्यालय बाराको थुनुवामा पुगेकी हुन्।

कलैया उपमहानगरपालिका १ का महेशकुमार सर्राफले विदेशबाट छोराले कमाएर पठाएको रकम बुहारीको हातमा पर्ने गरेको र महेशले बढी ब्याज दिने लोभ देखाएर बुहारीबाट पटक पटकमा गरेर नौ लाख ८० हजार रूपैयाँ हात पारेको ईन्दुकी सासु गीता देवीले बताएकी छिन्।

छोराले पठाएको रकमको खोजबिन गर्न थालेपछि बुहारीले महेशलाई दिएको रकम माग्दा महेशले एनसिसि बैंकको कलैया शाखाबाट बुहारी इन्दुकुमारीलाई नौ लाख ८० हजार रुपैयाँ चेक काटेर छ महिना पहिला भुक्तानी गरेको उनले बताइन्।

खातामा नौ लाख ८० हजार नभएपछि बुहारीले तीन पटक चेकलाई बैंकबाट बाउन्स गराएर रकम असुल्नको लागि बारा जिल्ला अदातलमा चेक अनादर मुद्दा समेत दिएकी उनले बताइन्।

अदातलमा बुहारीले महेशको विरुद्धमा मुद्दा दिएको थाहा पाएर उल्टै बुहरीलाई दिएको चेक चोरी भएको भनी प्रहरीबाट बुहारीलाई पक्राउ गराएर जिल्ला प्रहरी कार्यायल बाराको नियन्त्रणमा राखिएको दुखेसो इन्दुको सासुले सुनाइन्।

प्रहरीको थुनामा तीन दिनदेखि रहेकी बुहारीलाई चेक दिएर महेशसँग मिलापत्र गर्न जिल्ला प्रहरी कार्यालयका मुद्दा शाखाका प्रहरीहरुले दवाव दिई रहेको गुनासो समेत उनले गरिन्।

छ महिला पहिलादेखि काटिएको चेकलाई अहिले चोरीको भएको दाबी गरेर उल्टै पैसा दिने बुहारीलाई फसाएको कार्यले प्रहरीले पैसा र पावर हुनेको मात्रै कुरो सुन्ने गरेको उनले बताइन्।

बुहारीलाई पक्राउ गर्ने महिला पनि नआएको र घटनाको बारेमा सत्य तथ्य बुझ्ने समेत प्रहरीबाट काम नगरिएको उनले बताइन्।

बुहारीलाई प्रहरीको थुनामा राखिएको कारणले बारा जिल्ला अदालतमा दिएकी मुद्दाको तारिख समेत चैत २४ गते टुटेको र मुद्दालाई कमजोर गराएर पैसा पचाउन खेल समेत सुरु गरिएको दोष उनले लगाइन्।

बाराका प्रहरी प्रवक्त प्रहरी नायब उपरीक्षक राजेश थापाले फागुन १६ गते जिल्ला सरकारी वकिल कार्यालयबाट चेक चोरी मुद्दमा इन्दुको विरुद्धमा जाहिरी आएकोले घटनाको अनुसन्धानको क्रममा ईन्दुलाई नियन्त्रणमा लिएको बताएका छन्।

प्रकाशित: २५ चैत्र २०७८ १५:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App