coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

दुई फरार प्रतिवादी पक्राउ

ताप्लेजुङ प्रहरीले अदालतबाट सजाय घोषित भइ फरार रहेका दुई प्रतिवादीलाइ पक्राउ गरेको छ। प्रहरीको फैसला कार्यान्वयन अभियान अन्तर्गत बहुबिवाहका एक र लुटपिट मुद्दाका एक गरी दुई प्रतिवादी पक्राउ परेका हुन्। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीका अनुसार पक्राउ पर्नेमा फक्ताङ्लुङ गाउँपालिका वडा नं ५ तापेथोकका ३५ वर्षीय वीरबहादुर लिम्बु र र मिक्वाखोला गाउँपालिका वडा नं २ का ६२ वर्षीय काली बहादुर लिम्बु रहेका छन्। 

उनीहरुमध्ये बहुबिवाह मुद्दाका वीरबहादुरलाई एक वर्ष कैद र ५ हजार रुपैयाँ जरीवाना तोकिएको थियो। लुटपिट मुद्दाका कालिबहादुरलाइ ७ हजार ९ सय ६५ रुपैयाँ जरीवाना सजाय हुने फैसला अदालतले गरेको थियो। अदालतको आदेश अनुसार बहुबिवाह मुद्दाका वीरबहादुर कैद सजाय भुक्तानका लागि कारागार चलान भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: २५ चैत्र २०७८ १०:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App