३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

महिलामाथि हतियार प्रहार

मोरङको पथरीशनिश्चरे नगरपालिका–१० की एक महिलालाई आइतबार राति धारिलो हतियार प्रहार गरिएको छ।  

५० वर्षीया हरिमाया घिमिरेलाई आइतबार राति १२ बजेतिर सुतेको अवस्थामा धारिलो हतियार प्रहार गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार राति सुतैकै ठाउँमा गरिएको छुरा प्रहारबाट घाँटीमा गहिरो चोट लागेको छ।  

हतियार प्रहारबाट घाइते भएकी घिमिरेको उपचार विराटनगरस्थित नोबेल शिक्षण अस्पताल भइरहेको र अवस्था खतरामुक्त रहेकोे अस्पतालले जनाएको छ। घिमिरे एक्लै घर बाहिरको बरन्डामा सुतेको अवस्थामा अज्ञात व्यक्तिले घाँटीमा हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घाइते घिमिरेका छोरा–छोरी घरभित्र सुतेको र पति घर बाहिर गएको प्रहरीले जनाएको छ।  

हतियार प्रहार गरेपछि होहल्ला हुँदा प्रहार गर्ने व्यक्ति फरार भएको र पहिचान नखुलेका व्यक्तिको खोजी तीव्र पारिएको डिएसपी श्रेष्ठले बताए। ‘लुटपाटको उद्देश्यले वा अन्य कुनै कारणले महिलालाई आक्रमण गरेको हुन सक्छ,’ डिएसपी श्रेष्ठले भने, ‘घटनाको अनुसन्धान थालिसकेका छौं। घटनाका विषयमा घरपरिवारसँग कुरा भइरहेको र घाइते महिलाको स्वास्थ्य ठीक भएपछि थप कुरा आउने छ।’

प्रकाशित: २१ चैत्र २०७८ १३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App