७ कार्तिक २०८१ बुधबार
image/svg+xml
समाज

माछा मार्ने क्रममा तमोर नदीले बगाउँदा एक जना बेपत्ता

माछा मार्ने क्रममा तमोर नदीले बगाउँदा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं २ का एक युवक बेपत्ता भएका छन्।

स्थानीय तिलबहादुर खोक्लिङका २० बर्षिय छोरा पर्वत बेपत्ता बनेका हुन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(डिएसपी) कैलाश राईले माछा मार्ने क्रममा नदीमा बेपत्ता भएका उनको खोजी कार्य जारी रहेको जानकारी दिए। 

उनका साथीहरुले माछा मार्ने क्रममा तमोर नदीमा चिप्लिएका उनलाइ नदीले बगाएको भनेर जानकारी गराएको समेत प्रहरीले बताएको छ। घटनाका बारेमा अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: २१ चैत्र २०७८ ०५:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App