१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बालिकाको तस्बिर दुरुपयोग गर्ने किशोर पक्राउ

बालिकको तस्बिर सामाजिक सञ्जालमा प्रयोग गरी दुरुपयोग गर्ने इटहरीका एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले झापा दमक वडा नं. ४ घर भई अहिले इटहरी वडा नं. ५ मा बस्ने १८ वर्षे निवेश चौधरीलाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय इटहरीका अनुसार पक्राउ परेका चौधरीले १५ वर्षे बालिकाको तस्बिर जोडेर आफ्नो मोबाइलमा अश्लिल भिडियो बनाएर दुरुपयोग गरेको खुलेको छ।  

प्रहरी निरीक्षक राजकुमार कार्कीले पक्राउ परेका चौधरीले बालिकाको फोटो दुरुपयोग गरी अश्लिल भिडियोमा जोडी फेसबुकको मेसेन्जरमार्फत विभिन्न फेसबुकका साथीहरुलाई पठाएर चरित्र हत्या गरेको बताए। पक्राउ परेका चौधरीलाई प्रहरीले विद्युतीय अपराध ऐन अन्तर्गत कारबाही गर्न साईबर ब्यूरो भोटाहिटी काठमाडौं पठाएको जानकारी दिइएको छ।

प्रकाशित: १४ चैत्र २०७८ १३:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App