३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सवारी दुर्घटनामा परी एकको निधन, १३ जना घाइते

उदयपुरको कटारी नगरपालिका ११ हर्देनीस्थित सिद्धिचरण लोकमार्गमा सवारी दुर्घटना हुँदा एकजनाको निधन भएको छ भने चालकसहित १३ जना घाइते भएका छन्। आइतबार दिउँसो २ बजे ओखलढुंगाबाट कटारीतर्फ आउँदै गरेको प्रदेश १-०७-००१ ज ००११ नम्वरको फोर्स गाडी दुर्घटनामा पर्दा ओखलढुंगाको सुनकोशी गाउँपालिका ४ का ५४ वर्षीय खेमबहादुर कार्कीको निधन भएको हो।

अनियन्त्रित भई सडकबाट ५ सय मिटर तल झरी दुर्घटना हुँदा गाडीमा सवार चालकसहित १४ जना घाइते भएका थिए। उनीहरूको उद्धार गरी उपचारका लागि बिभिन्न अस्पताल पठाइएकोमा वीर अस्पताल काठमाडौँमा उपचारको क्रममा कार्कीको निधन भएको प्रहरीले जनाएको छ।

घाइतेहरु ओखलढुंगा मोलुङ २ का २४ वर्षीय एकराज दाहाल र ३० वर्षीया पार्वता पोखरेलको बिराटनगरस्थित नोवेल अस्पतालमा उपचार भईरहेको छ भने कटारी अस्पतालमा भर्ना भएका १० जना घाइतेहरु उपचार पश्चात डिष्चार्ज भएको जिल्नला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।  

गाडी चालक ओखलढुङगा सिद्दिचरण नगरपालिका १ का २४ वर्षीय सञ्जिब घिमिरे सामान्य उपचार पश्चात इलाका प्रहरी कार्यालय कटारीको नियन्त्रणमा राखिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ चैत्र २०७८ ११:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App