४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

मोरङमा लुटपाट भएको चाँदी बर्दिबासबाट बरामद

लुटपाटमा संग्लग्न आरोपमा ४ जना पक्राउ

चैत ८ गते मोरङको बेलबारी नगरपालिका–४ स्थित बेतना सिमसार क्षेत्रबाट चाँदीको गरगहना लुटपाट भएको थियो।  

बेलबारीबाट लुटपाट भएको १३ किलो चाँदीका गरगहना महोत्तरीको बर्दिबास नगरपालिका–१ बाट बरामद भएको मोरङ प्रहरीले जनाएको छ। गरगहना लुटपाटको आरोपमा झापाको दमक नगरपालिका–३ का २५ वर्षी सविन विश्वकर्मा, बर्दिबास–१ का ३४ वर्षीय मनोज ठाकुर, उदयपुरको रौतामाई गाउँपालिका–६ का २४ वर्षीय विशाल विक र सुनसरीको इटहरी उपमहानगरपालिका–५ का २४ वर्षीय बादल विकलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।  

दमकको पाथीभरा ज्वेलर्स एण्ड सप्लायर्सका कर्मचारीले महोत्तरीतर्फ लैजाँदै गरेको चाँदीका गहना लुटपाट भएको र उक्त लुटिएको चाँदी बार्दिबासस्थित पक्राउ परेका मनोज ठाकुरको घरमा फेला परेको डिएसपी श्रेष्ठले बताए।  

गहना करिब १५ लाख रुपैयाँ मूल्य बराबरको हो। बर्दिबासमा रहेका सुनचाँदी पसलहरुले दिएको अर्डरअनुसार तयार पारेर चाँदीका गहना पाथीभरा ज्वेलर्सले आफ्नो कामदार ओम कालिकोटेमार्फत हायस गाडीमा राखेर पठाएको थियो। बेतना सिमसार नजिक आइपुगेपछि चेकजाँच गर्नु छ भन्दै प्रहरीको परिचय दिएर एक जना अपरिचित व्यक्तिले उक्त गाडी रोके। त्यसपछि गहना लुटेर ती व्यक्ति फरार बनेको डिएसपी श्रेष्ठले बताए।  

लुटपाट घटनाको अनुसन्धानका क्रममा उक्त चाँदी ठाकुरको घरमा फेला परेको र ठाकुरलाई मोरङको बेलाबारीस्थित इलाका प्रहरी कार्यालयमा राखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको र उक्त घटनामा संलग्न एक जना फरार भएको हुँदा खोजी कार्य भइ रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ चैत्र २०७८ १४:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App