६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको कौशलटार चोक नजिक ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ। काठमाडौबाट भक्तपुरतर्फ आउँदै गरेको बालुवा सिमेन्ट घोल्ने मिक्सचर बोकेको ना ७ त २७७४ नं.को ट्याक्टरमा सवार उदयपुर गाईघाट घर भई हाल ललितपुर ईमाडोल बस्ने वर्ष १८ का प्रदिप कार्कीको मृत्यु भएको हो।  

अचानक ट्याक्टरबाट सडकमा खस्दा गम्भीर घाइते भई उपचारको लागि समिट अस्पताल लगिएको थियो। त्यहाँ प्राथमिक उपचार पश्चात् थप उपचारका लागि ट्रमा सेन्टर रिफर गरिएकोमा बाटोमा लग्दालग्दै उनको मृत्यु भएको सम्बन्धित चिकित्सकले घोषणा गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। ट्याक्टर चालक झापा कन्काई नगरपालिका वडा नं. ५ घर भई हाल ललितपुर ईमाडोल बस्ने वर्ष २७ का रोशन गुरुङ महानगरीय प्रहरी वृत्त थिमिको नियन्त्रणमा रहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए।

घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली गई प्रारम्भिक अनुसन्धान कार्य गरी थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।

प्रकाशित: ५ चैत्र २०७८ १३:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App