१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

वीरेन्द्रनगरमा टिप्परको ठक्करबाट किशोरीको मृत्यु

सुर्खेतको वीरेन्द्रनगरमा टिप्परले ठक्कर दिँदा एक किशोरीको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–११ स्थित सेडा स्कुल नजिक टिप्परले मोटरसाईकललाई ठक्कर दिँदा किशोरीको ज्यान गएको हो।

रत्न राजमार्ग अन्तर्गत पिपिरा–धुलाविट सडक खण्डमा धुलाविट तर्फ गईरहेको भे१ख ३३०२ नम्वरको टिप्पर र सोही दिशामा जाँदै गरेको भे७प १७९९ नम्वरको मोटरसाईकल टिप्परको पछाडि ठोक्किँदा मोटरसाईकल दुर्घटना भएको थियो। मोटरसाईकलमा सवार लेकबेसी नगरपालिका–५ की १८ वर्षीया लक्ष्मी पुलामीको मुत्यु भएको हो।

मोटरसाईकल चालक घाइते भएका छन्। प्रहरीले मोटरसाईकल, टिप्पर र टिप्पर चालकलाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उपेन्द्र आर्चायले बताए। किशोरीको प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। आफन्तहरु प्रदेश अस्पतालमा जम्मा भएका छन् भने अस्पतालमा प्रहरी तैनाथ गरिएको छ।

प्रकाशित: ५ चैत्र २०७८ १२:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App