१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

उपचार खर्च अस्पतालले बेर्होने निर्णयपछि तनाव साम्य

क्याप्शन

बिरामी बालकको मृत्यु भएपछि मृतकका आफन्त र गाउँलेहरूले इटहरीमा थालेको हिसांत्मक आन्दोलन उपचार खर्च बेर्होने सर्तमा साम्य भएको छ। मृतक बालकका आफन्त र गाउँलेहरुले बिहीबार बिहानैदेखि इटहरीको एपेक्स हस्पिटल तोडफोडसँगै सडकमै शव राखेर आन्दोलन थालेकोमा हस्पिटलले उपचार खर्च बेर्होने सर्तमा साम्य भएको हो।  

बुधबार साँझ ६ बजे इटहरी वडा वडा नं. २ का नविन शाहको चार वर्षे छोरा सन्दीप शाहलाई  फुड प्वाइजन भएकाले उपचारका लागि एपेक्स हस्पिटलमा भर्ना गरिएको थियो। चिकित्सकले राभतर उपचारपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान विहीबार बिहान १.३० बजे रेफर गरेको थियो। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएपछि चिकित्सकले मृत्यु भएको घोषणा गरेपछि आक्रोसित भएका आफन्त र गाउँलेहरुले बिहीबार विहानै ३ बजेतिर नै तोडफोड गरेर प्रदर्शन थालेका थिए। बिहीबार बिहानैदेखि स्थानीय प्रहरी–प्रशासनले वार्ता गर्न पटकपटक प्रयास गर्दा पनि सफल हुन सकेको थिएन्। साँझदेखि थप प्रदर्शन हिंसात्मक हुन थालेको थियो।  

प्रदर्शन थप उराजक ढंगले अघि बढ्न थालेपनि यहाँका राजनीतिक दलले पीडित पक्ष र हस्पिटल सञ्चालकलाई राखेर अहिलेसम्म बालकको उपचार गर्दा लागेको सम्पूर्ण खर्च दिने सहमति लगतै साम्य भएको हो। वार्तामा सहभागी इटहरी वडा नं. २ का नेपाली काँग्रेसका वडासभापति दिपेन्द्र घिमिरेले अहिलेसम्म बालकलाई उपचार गर्दा लागेको पाँच लाख ३० हजार रुपैयाँ उपचार खर्च बेर्होने सहमति भएको छ। उनका अनुसार राजनीतिक दलकै पहलमा सवै पक्षलाई समेटेर स्वास्थ्य विज्ञसहितको सरकारी निकायको नेतृत्वमा छानबीन समिति गठन गरेर दोषी भेटिएमा कारबाही गर्ने सहमति समेत बनेको छ।  

हस्पिटल सञ्चालक राजेन्द्र पोखरेलले पीडित पक्षले उपचार खर्च माग गरेपछि दिन तयार भएको बताए। उनले छानबीन गर्दा हस्पिटल वा चिकित्सक कसैको दोष भेटिए कारबाही भोग्न तयार रहेको बताए।  

मृतक बालकका आफन्त र गाउँलेहरुले विरामी बच्चालाई सुईमार्फत ओभरडोज औषधि दिएर मृत्यु भएको दावी गरेका छन्। घटनापछि विबिहीबार बिहान मृतक बालकलाई शुरुवातमा आफन्तले काखमा काखेर हस्पिटल अगाडि प्रदर्शन गरेका थिए भने दिउँसोदेखि भने सडकमा बरफ राख्ने बाक्सा भित्र राखेर प्रदर्शन गरेका थिए।

प्रकाशित: ४ चैत्र २०७८ ११:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App