१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गोरखामा तीन लाख ९० हजारसहित १९ जना जुवाडे पक्राउ

तीन लाख ९० हजार आठ सय ४० रुपैयाँसहित प्रहरीले १९ जना जुवाडेलाई पक्राउ गरेको छ। बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ३ सौरपानीबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए।  

१९ वर्षीय बिशाल आले मगरको घरमा उनीहरु बुधबार राती कौडा खेलिरहेका थिए। बालुवा, बारपाक, बगुवा, लाप्राक, स्वाँरा लगायत ठाउँका मानिस पक्राउ परेका छन्। बिहीबार बिदा परेकाले मुद्दा दर्ता गर्न बाँकी रहेको र घटनाको अनुसन्धान भईरहेको प्रहरी निरीक्षक अधिकारीले बताए।

प्रकाशित: ३ चैत्र २०७८ १३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App