१३ वर्षीय बालिकालाई करणी गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ। गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ८ ढोडेनी चिसापानीका युवकलाई पक्राउ गरिएको प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए।
ती पुरुषले फागुन १९ गते बालिकालाई करणी गरेको भन्दै बालिकाको आमाले जाहेरी दिएपछि मुद्दा दर्ता भएको हो। बुधवार प्रहरीले मुद्दा दर्ता गरी अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक अधिकारीले बताए।
प्रकाशित: २ चैत्र २०७८ १३:५७ बुधबार