२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

रुखबाट लडेर महिलाको मृत्यु

यहाँकी एक महिलाको रुखबाट लडेर निधन भएको छ। सोमबार घाँस काट्ने क्रममा रुखबाट लडेर सदरमुकाम त्रियुगा नगरपालिका ११ करमगाछीकी ५५ वर्षीया कालुमाया राईको लडेर निधन भएको हो।  

घरदेखि १ किलोमिटर टाढा स्थानीय बरुवा सामुदायिक वन उपभोक्ता समूहको जंगलभित्र घाँस काट्ने क्रममा लडेर घाइते भएकी उनलाई स्थानीयले भेटेर उपचारार्थ अस्पताल ल्याउने क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमका अनुसार घाँसको रुपमा प्रयोग हुने भोर्लाको पात टिप्न जाँदा लडेकी उनलाई उद्धार गरी जिल्ला अस्पताल उदयपुर ल्याउने क्रममा निधन भएको हो।  

मृतकको शव जिल्ला अस्पतालमै पोस्टमार्टम गरी मंगलबार परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: २४ फाल्गुन २०७८ ११:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App