सर्लाही प्रहरीले प्रतिबन्धित लागूऔषधसहित दुई जना कारोबारीलाई पक्राउ गरेको छ।
सिमावर्ती भारतको सोनबरसा बजारबाट प्रतिबन्धित लागूऔषध लिएर आउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मलंगवाबाट खटिएको प्रहरी गस्ति टोलिले उनीहरूलाई पक्राउ गरेकाे हाे।
पक्राउ पर्नेमा बागमती नगरपालिका ११ निवासी १७ वर्षीय सुदिप बिक र १९ वर्षीय मेघ बहादुर मगर रहेका छन्। भारतीय बजारबाट लागूऔषध लिएर आउदै गरेको विशेष सुचानाको आधारमा जिल्ला प्रहरी कार्यालय मलंगवाबाट खटिएको टाेलीले प्रतिबन्धित नाइट्रोभेट लेखेको टयाब्लेटसहित पक्राउ गरेकाे हाे।
पक्राउ परेका दुवैजनालाई हिरासतमा राखि प्रतिबन्धित लागूऔषध ओसार पसार मुद्दामा म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपि माधव प्रसाद बुढाथोकीले बताएका छन्।
प्रकाशित: २४ फाल्गुन २०७८ १०:४० मंगलबार