२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

बन्यो सल्लाघारीको मुपुज्व गणेश मन्दिर

भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित मुपुज्व गणेश मन्दिर उद्घाटन र शिलापत्र अनावरण मंगलबार एक समारोहबीच गरिएको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मन्दिरको उद्घाटन गरेका हुन्।  

कार्यक्रममा प्रमुख प्रजापतिले मुपुज्व टोल सुधारको पहल, भक्तपुर नपा र स्थानीय जनताको आर्थिक तथा भौतिक सहयोगमा गणेश मन्दिर पुनःनिर्माण भएको खुसी व्यक्त गरे।  

भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुरको सल्लाघारीमा अवस्थित रानीपोखरी सर्वसाधारणको निम्ति खुल्ला भएको, भाजुपोखरी पुनःनिर्माण कार्य अन्तिम चरणमा रहेको र नःपली सिर्जना नगरको इसानेश्वर मन्दिर मौलिक शैलीमै निर्माण गर्ने तयारीमा जुटेको बताए।

इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठले भक्तपुरका सांस्कृतिक एवम् पुरातात्विक सम्पदाहरु जीर्णोद्धार र पुनःनिर्माणमा भक्तपुर नपासँग सहकार्य गरी काम गर्ने अवसर मिलेकोमा गौरवान्वित महसुस भएको बताउँदै भक्तपुरको सांस्कृतिक पुनःजागरणमा भक्तपुर नपाले गरेको कामहरु उल्लेखनीय भएको र भक्तपुर नपा नेपालकै आदर्श नगर बन्न सफल भएको बताए।

च्वङा गणेश विकास संस्थाका अध्यक्ष लक्ष्मीनारायण राजलवटले मुपुज्व गणेश मन्दिर निर्माणमा सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरे।

मुपुज्व टोल सुधार समितिका सचिव कृष्णगोविन्द मुलगुठीले मन्दिर निर्माणबारे जानकारी तथा आय व्यय प्रस्तुत गर्दै मन्दिर निर्माणमा जम्मा ३७ लाख ४४ हजार ६०४ रुपैयाँ खर्च भएकोमा विभिन्न संघ संस्था र चन्दादाताहरुबाट २६ लाख ६७ हजार ३ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको अवगत गराए। उनले मन्दिर पुनःनिर्माणमा १० हजारभन्दा माथिको सहयोग गर्ने संघ, संस्था तथा दाताहरुको नाम शिलापत्रमा उल्लेख गरेको अवगत गराए।

कार्यक्रममा १ नं. वडाका वडा सदस्य सूर्यप्रसाद श्रेष्ठ, मुपुज्व टोल सुधार समितिका अध्यक्ष शारदाभक्त वैद्य, समितिका उपाध्यक्ष रामलक्ष्मी राजलवट र सहसचिव कृष्ण गारुले मन्दिर बनेकोमा खुसी साटे।

सोही अवसरमा नगर प्रमुख प्रजापतिले समितिका पदाधिकारी तथा चन्दादाताहरुलाई प्रशंसा पत्र वितरण गरेका थिए।

प्रकाशित: २४ फाल्गुन २०७८ ०७:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App