२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

तिरुमा एकीकृत बस्ती निर्माण तीव्र

उत्तरगया गाउँपालिका वडा नम्बर १ तिरुमा निर्माणाधीन एकीकृत बस्तीको निर्माणको काम धमाधम भईरहेको छ।  

रसुवाबाट प्रतिनिधिसभामा निर्वाचित सासंद एवं काँग्रेस केन्द्रीय सदस्य ईन्जिनियर मोहन आचार्य, प्रदेशसभा सदस्य प्रेम तामाङलगायतको सहयोगमा पूर्वाधारसहित तिरु एकीकृत बस्ती निर्माणको काम अगाडी बढीरहेको उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले जानकारी दिए।

अहिले एकीकृत बस्तीमा गुम्बा, खानेपानी योजना निर्माण र विस्थापित परिवारको निजी आवास निर्माणको काम धमाधम भईरहेको छ।

२०७२ सालको भूकम्पले तिरुमा नराम्रो क्षति गरेको थियो। आफ्ना भवनहरु भूकम्पले भत्किएपछि तिरुवासीहरु विस्थापित जीवन बिताई रहेका थिए।  

सासंद एवं काँग्रेस केन्द्रीय सदस्य आचार्यकै पहलमा तिरुमा एकीकृत बस्ती निर्माणको प्रकृया अगाडी बढेको थियो।

गाउँपालिकाको सहयोग र समन्वयमा निर्माण भईरहेको एकीकृत बस्तीको निर्माण सम्पन्न गर्न आफूहरु लागिपर्ने गाउँपालिका अध्यक्ष लम्सालले बताए।

प्रकाशित: २२ फाल्गुन २०७८ ०८:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App