डी.ए.भी शुशील केडिया विश्व भारती विद्यालयमा नेपाली साङ्गीतिक क्षेत्रमा लब्ध प्रतिष्ठित, व्यक्तित्व, अभिभावक र विद्यार्थीहरुको उपस्थितिबिच स्व लता मङ्गेश्करको सम्झनामा श्रद्धाञ्जली सभा आयोजन गरिएको छ।
कार्यक्रममा लता मङ्गेश्करको वृत्तचित्र प्रर्दशन गरिएको थियो। नेपाली साङ्गीतिक क्षेत्रकी सदावहार गायीका मनिला सोताङ्गले प्रमुख अतिथि उपस्थित रहेकी थिइन। त्यस्तै विशिष्ट अतिथि बबिता मानन्धर रहेकी थिइन्।
दुवै गायिकाले उक्त कार्यक्रममा लता मङ्गेश्कर प्रति समर्पित रहि साङ्गितिक प्रस्तुती दिएका थिए। सोहीअवसरमा विद्यालयका अध्यक्ष अनिल केडियाले लता मङ्गेश्कर भारतमा मात्र नभएर विश्वमै एक उत्कृष्ट गायिकाको रुपमा स्थापित रहेको उल्लेख गरे। उनले लताप्रति समर्पित रहि साङ्गितिक प्रस्तुती दिए।
त्यस्तै विद्यालयकी प्राचार्य डा।भुवनेश्वरीरावले लता मङ्गेश्कर स्वरको माध्यमबाट विश्व समुदायलाई प्रेम र विश्वासमाआबद्ध गर्न सफल भएको बताए। उनले लता मङ्गेश्करलाई एक साङ्गितिक विश्वविद्यालयको रुपमा समेत चर्चा गरे। त्यसै गरि संगीत विभागका प्रमुख जयश्री वास्तव रअङग्रेजी शिक्षिका शशिल्ता राइले लता मङ्गेश्करद्वारा गाइएको युगल गित प्रस्तु गरेका थिए।
प्रकाशित: २२ फाल्गुन २०७८ ०७:२३ आइतबार