२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

सुत्केरो लिएर वडाध्यक्ष सुत्केरीको घरमा

जुम्ला कनकासुन्दरी गाउँपालिका ६ का वडाध्यक्ष जग्गीप्रसाद आचार्य सुत्केरो लिएर सुत्केरीको घरदैलोमा पुगेका छन्। उनी सुत्केरी महिलालाई प्रोत्साहन स्वरुप पाँच हजार रुपैयाँ सुत्केरोको रूपमा प्रदान गर्न घरदैलोमा पुगेका हुन्।  जिल्लामा सुत्केरीलाई प्रोत्साहन स्वरुप रकम दिने पहिलो वडा हो। 

प्राचिन कालदेखी सिँजा क्षेत्रमा सुत्केरी महिलालाई सुत्केरो स्वरुप चामल,घ्यु,तेल,मह,मासु र अउडा लगायतका पोषिलो खानेकुरा आफन्तजनले पुर्याउने चलन छ। त्यही चलन अनुरुप वडाध्यक्ष आचार्य सुत्केरीको घरदैलोमा पुग्ने गरेका हुन्। 

उनले सुत्केरीको अवस्था बुझ्ने,सुत्केरी स्याहारका बारेमा आफन्तलाई सम्झाइबुझाई गर्ने गरेका हुन्। गर्भवती महिला सुत्केरी भएपनि निकै कमजोर हुन्छन्। उनीहरूलाई पोषणयुक्त खानेकुराको आवश्यक पर्छ । उनले भने,‘यो कमजोर अवस्थामा पोषणयुक्त खानेकुरा किनेर खानको लागि पाँच हजार रुपैयाँ प्रति सुत्केरी उपलब्ध गरिएको हो।’

उनले घरदैलोमा पुगेर नियमित स्वास्थ्य संस्थाको निगरानीमा रहन,स्वास्थ्यकर्मी संग बारम्वार समन्वय गर्न र पोषिलो खानेकुरा र आरामको व्यवस्थापन गर्न आग्रह गरेका हुन्। यहाँका महिला सुत्केरी भएको बेला सुख्खा रोटी मात्र खाएको देख्छौँ। कार्यबोझ निकै बढेको र राम्रो संग आराम गर्न नपाएको भेटाउने गरेका छौँ । यो पटक्कै राम्रो भएन। वडाध्यक्ष आचार्यले भने,‘प्रोत्साहन रकम संगै गर्भवती र सुत्केरी भइसकेको अवस्थामा अपनाउनु पर्ने बिषयमा गम्भीर बन्न समेत सुझाव दिने गरिएको छ।’  

यो बर्ष कनकासुन्दरी ६ मा ४ गाउँ छन । गाउँमा १२ जना महिला सुत्केरी भएकी छिन्। उनीहरूलाई भेटेर पाँच हजार रुपैयाँ हातमा उपलब्ध गराइएको थियो। वडाध्यक्षले उपलब्ध गराएको पाँच हजार रुपैयाँले पोषिलो खानेकुरा किनेर प्रयोग गरिरहेको सुत्केरी महिलाहरू बताउँन्। यहाँका सबै सुत्केरी आर्थिक हिसावले निकै कमजोर हुने गरेका छन्। उनीहरूलाई पोषिलो खानेकुरा पाउँदैनन्। यो अवस्थामा निकै राहत पुगेको स्थानीय बताउँछन्।

वडाध्यक्षले दिएको रकमले तेल, दाल,चामल, मासु,अण्डा,प्याज, टमाटर   लगायतका मरमसला किनेर प्रयोग गरिरहेको सुत्केरी महिलाका आफन्तजनहरु बताउँछन। उनीहरूले कमजोर स्वास्थ्य भएको बेला घरमै आएर सुत्केरीको हातमा रुपैयाँ थमाउदा निकै खुसी भएको सुनाएका थिए।

वडाध्यक्ष आचार्यले नियमित गर्भजाँच गराउन,गर्भावस्थामा संवेदनशिल बन्न र स्वास्थ्य संस्थामा सुत्केरी हुनको लागि आग्रह समेत गरेका थिए।

प्रकाशित: २१ फाल्गुन २०७८ १४:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App