२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

राउतको हत्याको आरोपमा दुई पक्राउ

काठमाडौँको बूढानीलकण्ठमा मृत फेला परेका मानबहादुर राउतको हत्या भएको खुलेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार बूढानीलकण्ठ नगरपालिका ४ बस्दै आएका ३२ वर्षीय राउतको आफ्नै साथीबाट हत्या भएको खुल्न आएको हो।

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। राउत यही फागुन १६ गतेदेखि हराएका थिए। उनको शव १७ गते फेला परेको थियो।

घटना अनुसन्धानका लागि प्रहरीले कुकुरको समेत प्रयोग गरेको थियो। उनको शवलाई अहिले परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २४ वर्षीय याकुब चौधरी र १८ वर्षीय करण पासवानलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार उनीहरुबीच पैसाको लेनदेनका विषयमा विवाद हुँदा हत्या गरेको अनुसन्धानमा खुलेको छ। उनीहरु लागुऔषध कारोबार तथा सेवानमा समेत संलग्न रहेको पाइएकाले अनुसन्धान जारी रहेको छ। 

प्रकाशित: १९ फाल्गुन २०७८ ११:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App