२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

तेनुवामा नव निर्मित वडा कार्यालय भवनको उद्घाटन

कपिलवस्तु नगरपालिका वडा नम्बर १० स्थित तेनुवामा नव निर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ। मेयर किरण सिंहले पानसमा दिप बाली र शिला लेखको व्यानर उघारेर भवनको उद्घाटन गरेका हुन्। सो अवसरमा मेयर सिंहले अब नगरपालिकाको सबै १२ वटै वडा कार्यालयको आफ्नै भवन भएको बताए।

उनले वडा नम्बर २, ३, ४ मा समेत नयाँ भवन बनेको र बाकी वडामा भवन मर्मत गरी वडा कार्यालय सञ्चालन हुँदै आएको बताए। उनले वडा कार्यालयलाई पूर्वाधार र प्रविधि मैत्री बनाउन नगरपालिकाले हर तरहले कोशिश गरेको बताए। आफ्नै भवनमा वडा कार्यालय सञ्चानल भएपछि वडावासीले राम्रो सेवा पाउने उनले बताए।

तपेश्वरी निर्माण कम्पनीले ९९ लाखमा सो भवन निर्माण गरेको वडाध्यक्ष मोहनलाल शर्मालेृ बताए। कार्यक्रममा वडा भित्रका शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्रलगायतका विभिन्न क्षेत्रमा काम गर्ने एक सय ५ जनालाई कदर पत्रले सम्मानित गरिएको थियो। सो अवसरमा मेयर सिंह र नगरपालिकाका वरिष्ठ सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठलाई समेत वडाध्यक्ष शर्माले सम्मानित गरेका थिए। 

वडालाई बालमैत्री वडा घोषणा गर्न योगदान दिनेहरुलाई समेत सम्मानित गरिएको थियो। सो अवसरमा ५ वर्ष बित्न लागको कार्यकालमा वडाको आफ्नै भवन निर्माण भई उद्घाटन समेत गरिएकोमा वडाध्यक्ष शर्माले खुशी व्यक्त गरे। उनले आफूले वडावासीलाई आफ्नो बलबुताले भ्याएसम्म सेवा दिएको दाबी गरे।

वडाध्यक्ष पदमराज शर्माको अध्यक्षता र वरिष्ठ सामाजिक विकास अधिकृत श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा नगरपाकिलाका शिक्षा सल्लाहकार कनकमान श्रेष्ठ, पूर्व निग्लीहवा गाविस उपाध्यक्ष अब्दुल सत्तार खा, कनकमुनी उमाविका प्राचार्य अफाक अहमद खा लगायतले शुभकामना मन्तव्य दिएका थिए। कार्यक्रममा स्थानीय थारु महिलाहरुको नृत्यु समेत प्रस्तुत गरिएको थियो।

प्रकाशित: १७ फाल्गुन २०७८ ०८:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App