१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

तस्करीको सामान सर्लाही प्रहरीद्वारा पक्राउ

भारतबाट अवैध रुपमा तस्करी गरी ल्याएको सामान सर्लाही प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको पर्सा गाउँपालिका ५ स्थित भारतबाट नेपालतर्फ दुई जनाले तस्करी गरी ल्याएको सामान प्रहरीले बरामद गरेको हो।  

दुई ओटा साइकलमा एक बोरा चिनी, २९ पिस साडी तथा दुई बोरा चप्पलको तस्करी गरी नेपालतर्फ ल्याइएको थियो। प्रहरीको गस्ती टोलीलाई देख्नासाथ साइकल र सामान छोडेर तस्कर फरार भएको थियो। प्रहरीले बरामद गरेको सामानको मूल्य करिब चालिस हजार रुपैया बराबरको भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी गराएका छन्।  

भारतबाट नेपालतिर चिनी र चामलको ठूलो तस्करी हुने गरेको छ। साइकलमा राखेर तथा टाउकोमा बोकर चामलको बोरा नेपालतिर भित्र्याएर खुद्रा तस्करहरुले पसललाई बेच्ने गरेका छन्।

प्रकाशित: १६ फाल्गुन २०७८ १४:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App