१५ चैत्र २०८० बिहीबार
समाज

टिपरको ठक्करबाट एक युवकको मृत्यु

मोतिपुर–तेतरिया सडक खण्डअन्तर्गत ग्रामथान गाउँपालिका–४ मा सोमबार भएको सवारी दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ।

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार युवकको उपचारका क्रममा मृत्यु भएको मोरङ ट्राफिकले जनाएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ९१२० नम्बरको टिपरले को २९ प ९५६० नम्बरको मोटसाइकल ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाइकलको पछाडि सवार ग्रामथान–४ का २५ वर्षीय सुदीप विश्वासको उपचारका क्रममा विराटनगरस्थित कोसी अस्पतालमा मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले बताए। दुर्घटनामा परेका मोटरसाइकल चालक ग्रामथान–४ का २५ वर्षीय विवेककुमार माझी थारु सामान्य घाइते भएका छन्।  

दुर्घटनापछि टिपर चालक कटहरी गाउँपालिका–२ का ५३ वर्षीय आनन्दकुमार श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। तीव्र गतिमा रहेको मोटरसाइकलले टिपरलाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ फाल्गुन २०७८ १२:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App