१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

तस्कर र प्रहरीबीचकाे गोली हानाहानबाट एक भारतीयको मृत्यु एक पक्राउ

प्रहरीको गोलीबाट मृत्यु भएको भारतीय नागरिक कहार र पक्राउ परेका गिरी।

गाँजा तस्कर र प्रहरीबीच बुधबार राती सिम्रौनगढ नगरपालिका २ महुवाहीमा गोली हानाहान भएको छ। प्रहरीको गोलीबाट एक भारतीय गाँजा तस्करको मृत्यु भएको छ भने अर्का भारतीय नागरिक पक्राउ परेको बारा प्रहरीले जनाएको छ।

प्रहरीको गोलीबाट मृत्यु हुनेमा भारत बिहार राज्य पुर्वी चम्पारण घोडासहन ग्राम पंचायत गुरमिया पोष्ट भेल्वा सरकिल १० का लखिन्द्र महतो कहार रहेका छन् ,भने पक्राउ पर्नेमा बिहार मोतिहारी जिल्ला ग्राम पिपरा बस्ने हिरदेश गिरी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले बताएका छन्।  

गाँजा तस्करहरुको समूहले नेपालबाट भारत तर्फ गाँजा लैजान लागेको सुचना पाए पछि सिम्रौनगढमा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिन खोज्दा तस्कर समूहबाट शुरुमा सुरक्षाकर्मीहरु माथि गोली प्रहार भएको थापाले दाबी गरेका छन्।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख प्रहरी निरीक्षक दिपक सुवेदीले गाँजा बोकेको तस्करहरुलाई सुरुमा रोक्न खोज्दा प्रहरीलाई देखेर ७/८ जनाका समुहमा रहेका गाँजा तस्करहरुले भाग्न थालेको र प्रहरीले भाग्दै गर्दा गिरिलाई पक्राउ गर्न सफल भएको बताए।

गाँजाको बोरा छाडेर भाग्दै गरेका तस्करहरुलाई पक्राउ गर्न खोज्दा उनीहरुबाट गोली चलाइएको र त्यसको जवाफी करवाहीमा गोली चलाउँदा मृत्यक कहारलाई गोली लागि लडेको निरीक्षक सुवेदीले बताए। कडार गोलीबाट घाईते भएर लडे पछि उनलाई उपचारको लागि कलैया अस्पतालमा पठाइएको र उपचारको क्रममा कहारको मृत्यु भएको सुवेदीले बताए। मृतक कहार र पक्राउ परेका गिरि गाँजा तस्कर समूहहरुको भरिया मात्रै रहेको अनुसन्धानबाट खुलेको प्रहरी निरिक्षक सुवेदीले दाबी गरेका छन्।

बाराकै उत्तरी भेगबाट गाँजा तस्कर समूहहरुले गाँजा खरिद गरि भारत लैजानको लागि दुई चरणमा भरियाहरुलाई प्रयोग गरेको अनुसन्धानबाट खुलेको उनले बताए। सिम्रौनगढमा रहेको गण्डक नहरसम्म पहिलो चरणमा प्रयोग गरिएको भारियाहरुले गाँजालाई पुर्‍याएको छ, भने दोस्रो चरणमा गण्डक नगर देखि नेपालको सीमा कटाएर भारतसम्म पुर्‍याउने काममा कहार र गिरीलाई प्रयोग गरिएको खुल्न आएको प्रहरी निरीक्षक सुवेदीले बताए।

पक्राउ परेका गिरिले गण्डक नहर देखि भारतसम्म गाँजालाई पुर्‍याउने काममा आफूहरुलाई भरियाको रुपमा प्रयोग गरिएको जानकारी गराएको उनले बताए। घटना स्थलबाट प्रहरीले जुटको पाँचवटा बोरामा राखिएको ७५ किलो ग्राम गाँजा बरामत गरेको र गाँजाको मुख्य कारोबारीहरुलाई पहिचान गरि खोज्ने काम सुरु गरिएको बारा प्रहरीले जनाएको छ।

प्रकाशित: १२ फाल्गुन २०७८ १३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App