नायक पल शाह (पुर्ण विक्रम शाह) विरुद्ध गायिका पीडित किशोरीले उजुरी दर्ता गरेकी छन्। उनले जिल्ला प्रहरी कार्यालय तनहुँमा जवरजस्ती करणी उद्योग अन्तर्गत आज उजुरी दिएकी हुन्।
१७ वर्षीया पीडित किशोरीले आफैं पुगेर बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा पलविरूद्ध जाहेरी दिएकी हुन्। प्रहरीका अनुसार पलविरूद्ध परेको जाहेरी दर्ता भई कानुनी प्रक्रियामा गएको छ। पलमाथि बालिकालाई प्रेम सम्बन्धमा पारेर जबरजस्ती करणी गरेको आरोप लागेको छ।
पीडित किशोरी पलबाट आफू अन्यायमा परेको भन्दै हारगुहार गरिरहेकी थिइन्। गत विहीबार उनले महिला अधिकारकर्मीलाई भेटेर आफ्नो सबै कथा सुनाउँदै न्यायको पहल गरिदिन आग्रह गरेकी थिइन्। धिकारकर्मी र पीडित किशोरीबीच भएको कुराकानीको अडिओ सार्वजनिक भएको थियो।
पीडित किशोरीले यस कुराकानीमा पलले आफूलाई यौन दुर्व्यवहार गरेकोदेखि पलकी अर्की प्रेमिकासँग आफ्नो झगडासम्मको विवरण सुनाएकी थिईन्
तर, पलले उनलाई कसैले उक्साएको बताएका थिए। पलले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै आफ्नो स्पष्टीकरण दिएका थिए।
प्रकाशित: ११ फाल्गुन २०७८ ११:५२ बुधबार