१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

भारतबाट तस्करी गरेर ल्याएकाे चामल र गाडी भन्सार चलान

भारतबाट तस्करी गरेर ल्याएको एक सय पचास बोरा चामलसहित एउटा पिक अप भ्यानलाई रौतहट प्रहरीले भन्सार चलान गरेको छ।

जिल्ला सदरमुकाम गौरबाटै प्रहरीले एक सय पचास बोरा चामलसहित गाडी नियन्त्रणमा लिएको हो। गौर नगरपालिका १ नेपाल लज अगाडिबाट रौतहट प्रहरीले प्रदेश २ –०३–००१ च २१३८ नम्बरको पिक अपमा लोड गरी लैजाँदै गरेको अवस्थामा एक सय पचास बोरा हाफ स्टिम कतरनी चामल फेला परेको छ।

ठूलो परिमाणमा अवैध चामल फेला परेपछि प्रहरीले गौर नगरपालिका ७ वर्ष ३९ का चन्दन पाण्डेसमेत गाडीलाई पनि नियन्त्रणमा लिई भन्सार चलान गरेको छ। गाडी र चामलको प्रचलित मूल्यमा करिब १५ लाख २५ हजार रुपैयाको रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित: ११ फाल्गुन २०७८ ११:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App