१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

बालिका करणी प्रकरणका अभियुक्तलाई कैदसँगै क्षतिपूर्ति भराउन अदालतको आदेश

ताप्लेजुङ जिल्ला अदालतले बालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेका दुई जनाको अभियोग पुष्टी गर्दै कैद सजाय र पीडितलाई क्षतिपूर्ति भराउने आदेश सुनाएको छ। ६ वर्षीय बालिका बलात्कार (हाडनाता करणी) गरेको कसुरमा पाथीभरा याङवरक गाउँपालिकाका ७० वर्षीय वृद्धलाई ११ महिना कैद र १० हजार जरिवाना गरिएको छ।

जिल्ला न्यायाधीश प्रकाश राउतको इजलासले दोषी ठहर गर्दै कैद र जरिवानासँगै पीडितले पाउने गरी कसुरदारबाट २० हजार रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार शम्भुप्रसाद रेग्मीले जानकारी दिए। उनीविरुद्ध २०७७ चैत १६ गते मुद्दा दर्ता भएको थियो।

२०७७ फागुन २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। यस्तै १६ वर्षीय किशोरी बलात्कार कसुरमा मेरिङ्देन गाउँपालिका २ सान्थाक्राका २५ वर्षीय एक युवकलाइ १३ वर्ष कैद र कसुरदारबाट पीडितले पाउने गरी १ लाख ५० हजार रुपैयाँ दिलाउन आदेश भएको छ।

रेग्मीका अनुसार राउतको इजलासले पीडित राहत कोषमा २ हजार २ सय रुपैयाँ जम्मा गर्नसमेत आदेश दिएको छ। अपराध पीडित संरक्षण ऐन २०७५ को दफा ४१ ‘ज’ बमोजिम जम्मा गर्न फैसला भएको श्रेस्तेदार रेग्मीले जानकारी दिए।

ती युवकविरुद्ध २०७८ साल असार १५ गते अदालतमा मुद्दा दर्ता भएको थियो। बालिकालई जेठ १४ गते बलात्कार गरेको आरोपमा १९ गते पीडित पक्षले प्रहरीमा उजुरी दिएको थियो। उनलाई प्रहरीले जेठ ३० गते घरबाटै गिरफ्तार गरेको थियो।

प्रकाशित: १० फाल्गुन २०७८ १०:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App