२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

स्वतन्त्र सेनानीको परिवारलाई कांग्रेस कपिलवस्तद्वारा एक लाख सहयोग

बैंकबाट लिएको ऋण तिर्न नसकेपछि घर लिलाम प्रक्रिया अघि बढाएपछि कांग्रेस कपिलवस्तुले नगरपालिका वडा नम्बर १ मस्जिद टोलका स्वतन्त्रता सेनानी स्वर्गीय अब्दुल रंगरेजको परिवारलाई एक लाख सहयोग गरेको छ। रंगरेका छोरा जावेदलाई सो सहयोग तौलिहवा स्थित कांग्रेस पार्टी कार्यालयमा सो रकमको चेक हस्तान्तरण गरिएको हो।

यस्तै पार्टी कार्यालयमा विगतमा काम गरेका कार्यालय सहयोगी अनिरुद्ध कहारका श्रीमतिको काजक्रियाका लागि १० हजार सहयोग गरिएको छ। अनिरुद्धको यसअघि नै मृत्यु भएको थियो। अति विपन्न परिवार भएकाले उनका परिवारलाई सहयोग गरिएको पार्टीले जनाएको छ। लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्र राज आचार्य पार्टी जिल्ला सभापति अब्दुल कलामले सो रकम हस्तान्तरण गरेका थिए।

एक लाखको चेक पाएर खुशी भएका जावेदले पार्टीले आफ्नो बुवाको केही भएपनि योगदानका कदर गर्दै एक लाख सहयो गरेकोमा धन्यवाद दिए। ‘आपत परेको बेला पार्टीले सहयोग गरेको छ, यसले घर लिलामीको प्रक्रिया केही महिनाका लागि भएपनि रोकिएको छ’ उनले भने। उनले पार्टीले नेता कार्यकतोको सही मूल्यांकन गर्नुपर्ने बताए।

सो अवसरमा प्रदेश महामन्त्री आचार्यले पीडामा रहेका स्वतन्त्र सेनानीको परिवारलाई केही भएपनि मलम लागाउने पार्टीले काम गरेको बताए। उनले पार्टीमा योगदान दिएका र पीडामा रहेको नेता कार्यकर्ताको पार्टीले मूल्यांकन गर्ने बताए। पार्टी जिल्ला सभापति अब्दुल कलामले पीडामा रहेको पार्टीका २ पुराना कार्यकर्ताहरुलाई केही भएपनि सहयोग गर्न पाएकोमा खुशी लागेको बताए। ‘आगामी दिनमा पनि हामीले यस्ता सहयोग र रचनात्मक काम गर्नेछौ’ उनले भने।  

प्रकाशित: ५ फाल्गुन २०७८ १२:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App