५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सिन्धुपाल्चोकमा नौ पत्रकार पुरस्कृत, सम्मानित

प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकले नौ पत्रकारलाई पुरस्कृत तथा सम्मानित गरेको छ। पाँचौ जिल्ला अधिवेशनको अवसर पारेर चौतारीले बिहीबार नागरिक दैनिकका सिन्धुपाल्चोक सम्वाददाता ध्रुव दङ्गालसहितलाई पुरस्कृत, सम्मानित गरेको हो। 

टेलिभिजन पत्रकार प्रमोद न्यौपानेलाई प्रेस चौतारी सम्मान प्रदान गरियो। नगद १० हजार रुपैयाँ राशीको प्र्रेस चौतारा राष्ट्रिय पत्रकारिता पुरस्कार नेपाल प्रेसका सम्पादक मातृका पौडेललाई दिइयो।प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार रेडियो मेलम्चीका देवराज सुवेदीले पाए। कुलप्रसाद–प्रेमकुमारी पत्रकारिता पुरस्कार ६ सञ्चारकर्मीलाई प्रदान गरियो। 

यो पुरस्कार पाउनेमा नागरिक दैनिकका ध्रुव दङ्गाल, नयाँ पत्रिकाका रामकृष्ण थापा, नेपाल समयकी शर्मिला ठकुरी, नेपाल टेलिभिजनका नेत्र पौडेल, एपिवान टेलिभिजनका निरोज चौलागाईँ र आर्थिक अभियानका सुन्दर शिरिष छन्। पुरस्कृत सबैले ५ हजार रुपैयाँ नगद पाए। एमाले पोलिट्ब्यूरो सदस्य तथा बागमती प्रदेशका सांसद अरुण नेपालले उनीहरुलाई पुरस्कृत, सम्मानित गरेका थिए।

अध्यक्षमा आचार्य

अधिवेशनले बिदुर आचार्यको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। उपाध्यक्षमा देवराज सुवेदी, सचिवमा सागर खड्का, सहसचविमा दीपिन ढुंगाना र कोषाध्यक्षमा गोमा खत्री चुनिएका छन्। सुशील सुवेदी, बिशाल आचार्य, सुनिता लामा र मिङमार ग्याल्बो सदस्य चुनिएको निर्वाचन समितिले जनाएको छ।

प्रकाशित: ५ फाल्गुन २०७८ १२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App