५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

शहीदलखनको नाम्जुङमा सात घरमा तोडफोड र चोरी

गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ९ नाम्जुङ हुक्का गाउँका सात घरमा तोडफोड भएको छ।

मंगलवार राती अपरिचित ब्यक्तिले स्थानीय लिलाप्रसाद ढकालको घरबाट ४५ हजार बरावरको सुनको गहना, भरतमान सिंह बस्नेको घरबाट १५ हजार बरावरको मदिरा र चुरोट, नारायणदत्त ढकालको घरबाट १५ हजार नगद चोरी भएको प्रहरीले जनाएको छ।

यस्तै सोही ठाउँका नानीमाया लामिछाने, इश्वरप्रसाद लामिछाने, तेजप्रसाद लामिछाने, गुञ्जकुमारी लामिछानेको घरको ताल्चा फुटाएकोे प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए। यी घरबाट भने धनमाल चोरी भएका छैनन्।

सोही ठाउँका जनशक्ती माविको प्रधानाध्यापकको कार्यकक्षको ताल्चा पनि फुटाएको र केहीपनि चोरी भने नभएको उनले बताए। तोडफोड र चोरीमा संलग्नहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ। केही दिन अघि भिमसने थापा गाउँपालिका ८ को जागेश्वर माविमा पनि तोडफोड भएको वडा अध्यक्ष बासु थापाले बताए।  

प्रकाशित: ४ फाल्गुन २०७८ ११:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App