१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

लागूऔषधसहित ६ जना पक्राउ

प्रहरीले कास्कीका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महागनरपालिका–१ सिमपानीका ३८ वर्षीय पूर्णबहादुर जलारी र पोखरा–१७ छोरेपाटनका ३१ वर्षीय सूर्यबहादुर थापा रहेका छन्।

उनीहरूका साथबाट फेनरागन ७० एम्पुल, नुफ्रिन ६९ एम्पुल र डाइजापाम ७० एम्पुल बरामद गरिएको  प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।

त्यस्तै प्रहरीले पोखरा–१७ घारीपाटनबाट १९ वर्षीय प्रशन भण्डारी र १९ वर्षीय अनिस सुनार, पोखरा–१५ नयागाउँका २१ वर्षीय विकास नेपाली तथा स्याङ्जाको बिरुवा–८ घर भई हाल पोखरा–१५ नयागाउँ बस्ने २१ वर्षीय विशाल गुरुङलाईसमेत पक्राउ गरेको छ। 

प्रकाशित: ३ फाल्गुन २०७८ ०१:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App