२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

एमसीसी विरुद्ध ताप्लेजुङमा मसाल जुलुस

अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)विरुद्ध हिमाली जिल्ला ताप्लेजुङमा मसाल जुलुस प्रर्दशन गरिएको छ। संयुक्त मोर्चाले नेपाल कम्युनिष्ट पार्टीको जिमीपोखरी स्थित पार्टी कार्यालय बुधवार साँझ मसाल जुलुस निकालेको थियो। 

जुलुसका सहभागीले बोकेको मसाललाइ प्रहरीले बीरेन्द्र चौक आसपासमा नियन्त्रणमा लिएपनि जुलुस भने अघि बढेको थियो। एमसिसी चाहिदैंन,राष्ट्रघाती काम गर्न पाइदैंन,गो ब्याक अमेरिका–गो ब्याक’नारा लगाउँदै संयुक्त मोर्चाले र्‍याली निकालेको आयोजकले बताएका छन्। 

नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी असल पन्दाकले एमसीसी राष्ट्रघाती कदम भएको र सरकार त्यसलाइ अनुमोदन गरी कार्यान्वयनमा लैजाने गलत योजनामा रहेकोले खबरदारी स्वरुप मसाल जुलुस निकालिएको बताए। वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका सुरज ओझाले एमसीसी जनहित बिपरित र राष्ट्रघाती भएकोले यस बिरुद्ध आम नेपाली एकजुट हुनुपर्ने बताए। 

एमसीसीले अफ्रिका, ल्याटिन अमेरिका र एशिया महादेशमा गरी २४ देशमा सहकार्य गरिरहेको छ। त्यसमा १७ देशमा कार्यान्वयनमा रहेका कम्प्याक्ट र थ्रेसहोल्डमा छन् भने १० वटा विकासक्रममा छन्। सन् २०१७ मा नेपालले आफ्नो आवश्यकताका ३ सय १८ किमी लम्बाइको ४ सय केभीको प्रसारण लाइन, ३ सय  किमी लम्बाइको राजमार्गमा स्तरोन्नति गर्नेलगायतका परियोजनामा सहमत भएर एमसिसीअन्तर्गत ५० करोड डलर अर्थात् ५६ अर्ब अनुदान सहायता सम्झौतामा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेका थिए।

प्रकाशित: २६ माघ २०७८ १४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App