२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

गोरु काटेको आरोपमा पक्राउ परेकामाथि ७ दिनको म्याद थप

खोटाङ प्रहरीले गोरु काटेको आरोपमा अघिल्लो दिन पक्राउ परेका अभियुक्तहरुलाई ७ दिनको म्याद थपेर अनुसन्धान सुरु गरेको छ। प्रहरीले आइतबार साँझ सदरमुकाम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १२ स्थित दिखुवाथानबाट ३ जनालाई गोरु काटेको आरोपमा पक्राउ गरेको थियो।  

गोरु काटेको भन्ने गोप्य उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटेको टोलीले दिक्तेल रुपाकोट मझुवागढी १२ जालपाका ३९ वर्षीय जयराम तामाङ, सोही ठाउँका ४० वर्षीय खगेन्द्र तामाङ र जालपाकै ३५ वर्षीय गणेश तामाङलाई पक्राउ गरेको हो। उनीहरुलाई गोरुको मासु, गोरु मार्न प्रयोग गरेको एउटा बन्चरो र ५ थान धारिलो खुकुरीसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सागर साहले बताए।  

इन्पेक्टर साहका अनुसार हिरासतमा रहेका उनीहरुमाथि सोमबार जिल्ला अदालत खोटाङबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान सुरु भएको छ। उनीहरुमाथि मुलुकी अपराध संहिता २०७४ को भाग–२, परिच्छेद २७ को दफा २८९ अनुसार ‘पशुपंक्षी कसुर’ अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको छ।  

सो दफा अनुसार गाई वा गोरु मार्नं नहुने, यदि मारे या मार्ने प्रयास गरेको खण्डमा दोषी प्रमाणित भएमा ३ वर्षसम्म कैद हुने कानुनी व्यवस्था रहेको साहले बताएका छन्।

प्रकाशित: २४ माघ २०७८ १३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App