७ वैशाख २०८१ शुक्रबार
समाज

उपचारमा विश्वास गर्दै राउटे समुदाय

आँखाबाट पानी बग्ने समस्या भएपछि आफैं औषधि हाल्दै भक्तबहादुर शाही। तस्बिरः गोविन्द/.नागरिक

बाहिरी समाजदेखि टाढा भएका राउटे समुदायको आफ्नै उपचार विधिहरु छन्। राउटेभित्र खासगरी जडिबुटीबाट उपचार गर्ने आफ्नै वैद्य छन्। त्यही वैद्यबाट राउटेहरु विरामी हुँदा उपचार गर्थे। जडिबुटी बाहेक अन्य उपचारमा विश्वास नगर्ने राउटेहरु हिजाआज विश्वास गर्न थालेका छन्। उनीहरु उपचार विधिबाट चोट र रोग निको नहुन थालेपछि आधुनिक उपचारमा विश्वास गर्न थालेका हुन्।

पाँच वर्षअघि चिसो महिना आगो नजिक सुत्दा कपिल शाही पोलिएर थला परे। उनीहरुको जडिबुटीले काम गरेन। लामो समय हुँदा पोलिएको भाग कुहिन थाल्यो अनि बस्तीबाट उपचारका लागि सुर्खेत ल्याए। केही महिनाभित्र पूर्ण रुपमा ठिक भयो। निको भएपछि निकै खुसी भए। कपिल मात्र होइन आधुनिक उपचार विधिले धमाधम ठिक हुन थालेपछि उपचारका लागि राउटेहरु राजी (तयार) हुने गरेका हुन्। बाहिरी समाजमा उपचार गर्न हुँदैन भन्ने मान्यता राउटेमा थियो।

अछाममा हुँदा पहिलो पटक पोलिएका राउटे युवा कपिललाई लामो कोशिसपछि उपचारका लागि राउटे मुखियाले अनुमति दिएका थिए। चिसोले आँखाबाट आँसु बग्ने समस्या देखिएपछि राउटे वृद्ध भक्तबहादुर शाहीले आफै आँखामा औषधि हाल्छन्। ‘आँखाबाट आँसु आउन थाल्यो।’ वृद्ध राउटे भक्तबहादुर शाहीले भने, औषधि हाल्न थालेपछि निको हुँदै आएको छ।’ अहिले बस्तीमा सामान्य औषधिहरु राउटेले राख्ने गरेका छन्।

राउटे बस्तीमा विरामीले थला परेको राउटेहरु लामो समयसम्म निको नहुने भएपछि उनीहरु उपचारका लागि अन्य विधिहरुमा विश्वास मान्न थालेका हुन्। हिजोआज उनीहरु दैनिकी बदलियसंगै परम्परात उपचार विधिले समेत उनीहरुलाई नछोएको अनुमान राउटे समुदायसंग काम गरिरहेका अभियान्ताहरु बताउँछन्। पहिले उनीहरुले तयार पारेको जडिबुटीले पनि काम गरेपनि अहिले जडिबुटीले थाम्न मुस्किल हुने गरेको राउटेहरु बताउँछन्।

राउटे बस्तीमा सुर्तिजन्य पदार्थ, मदिरा विहानैदेखि सेवन गर्ने र पोषणयुक्त खानपान नखाने गर्दा उनीहरुको शारीरिक अवस्था नै कमजोर देखिने गरेको छ। राउटेसंग काम गर्ने संघसस्था र सरकारले भत्ताका नाममा नगद रुपैयाँ बाँड्दा राउटेहरु कुलतमा फस्दै गईरहेका हुन्। जसका कारण जन्मदरभन्दा मृत्युदर वर्सेनी बढीरहेको छ।

प्रकाशित: २१ माघ २०७८ १३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App