१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

सर्वोच्चमा अति आवश्यक मुद्दामा मात्र सुनुवाइ निरन्तर

सर्वोच्च अदालतले यही माघ २८ गतेसम्म अतिआवश्यक मुद्दामा मात्र सुनुवाइलाई निरन्तरता दिने भएको छ। सर्वोच्च अदालतमा आज बसेको पूर्ण बैठक (फूलकोर्ट) ले उक्त निर्णय गरेको हो।  

अदालतले यही माघ ५ गतेदेखि कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि आफ्नो सेवा कटौती गर्ने निर्णय गरेको थियो।  बन्दी प्रत्यक्षीकरण तथा कोरोना महामारीसँग सम्बन्धित, अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र नियमित रूपमा सुनुवाइ गर्ने निर्णय गरिएको थियो।

सो अवधिमा मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी कामकारबाही नियमितरुपमा सञ्चालन हुने, मुलुकी फौजदारी कार्यविधिअनुसार थुनुवा रहेका व्यक्तिको निवेदन तथा प्रतिवेदनउपर सुनुवाइ हुनेछ। यस्तै, थुनुवा भएका मुद्दाको सुनुवाइ गर्ने, हेर्दाहेर्दै र निर्णय सुनाउनेमा रहेको मुद्दाको सुनुवाइ गर्नेलगायत आदेश नभएका पुनरावेदनको सुनुवाइ गर्ने रहेको छ।

प्रकाशित: १९ माघ २०७८ ०७:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App