६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

जाडोबाट जोगिन अपनाइने कार्यप्रति सावधानी अपनाउन अनुरोध

महानगरीय प्रहरी परिसरले चिसोबाट जोगिन अपनाइने कार्यमा लापरबाही हुँदा ज्यानै जानसक्ने भएकाले विशेष सावधानी अपनाउने अनुरोध गरेको छ।  

परिसरले आज एक सूचना जारी गरी चिसो बढिरहेको समयमा यसबाट जोगिन प्रयोग गरिने हिटर, कोइलालगायतका सामग्री प्रयोग गर्दा कोठामा अक्सिजन नष्ट हुनाका साथै कार्बन मोनोअक्साइड समेत बनेर मानवीय क्षति गराउन सक्ने भन्दै त्यसतर्फ सावधानी अपनाउन आग्रह गरेको छ। परिसरले यस्ता गतिविधिले कोठाभित्र अक्सिजन कम हुँदै जाँदा सुरुमा टाउको दुख्ने, वाकवाकी लाग्ने, रिङ्गटा लाग्ने र निस्सासिएर बेहोस् भई अन्ततः मानिसको मृत्यु हुने भएकाले त्यसप्रति सचेत हुने भनेको छ।

मुख्यगरी आफूबाहिर निस्किँदा बन्द कोठामा हिटर बालेर नछाड्न, ढोका झ्यालका छिद्राहरूमा बोरा, कपडा राखी हिटरलगायतका विद्युतीय उपकरण नबाल्न, चुलो, मकल, कराइमा दाउरा कोइला बाली रातभर कोठाभित्र नराख्न, झ्याल ढोका बन्द गरी ग्यास गिजरको प्रयोग नगर्न, विद्युतीय उपकरणमा काम सकाएपछि पनि स्विच अन गरेर नछाड्न र ग्यास सिलिन्डरलाई काम सकिएपछि बन्द गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ। यस्तै प्रहरीले चाँडै जल्ने सामग्री चुलो नजिक नराख्न पनि आग्रह गरेको छ।

प्रकाशित: १६ माघ २०७८ १५:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App