६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

उखुबारी हत्या प्रकरण: अर्को शवको पहिचान खुल्यो

मोरङको धनपालथान गाउँपालिका–७ बोर्डिङ टोलको उखुबारीमा खाल्डो खनेर गाडिएका दुई व्यक्तिहरुको पहिचना खुलेको छ। खाल्डोमा गाडिएका एक जनाको बिहीबार नै पहिचान खुले पनि अर्का व्यक्तिको पहिचान खुल्न सकेको थिएन। पहिचान नखुलेको मध्ये एक जनाको आइतबार पहिचान खुलेको छ। 

उनी सप्तरीको शम्भूनाथ नगरपालिका–४ घर भई हाल काठमाडौंमा बस्दै आएका ३२ वर्षीय शम्भुकुमार चौधरी रहेको मोरङ प्रहरीले जनाएको छ। उनी निर्माण व्यवसायी भएको खुलेको छ। काठमाडौं–१७ मा स्वस्तिक कान्तिपुर कन्स्ट्रक्सनका सञ्चालक काठमाडौंसहित पश्चिम क्षेत्रमा ठेक्का लिएर निर्माणको काम गर्ने गरेका थिए।    

बिहीबार पहिचान खुलेका धरान–३ घर भई भक्तपुरमा बस्दै आएका जग्गा कारोबारी गर्ने ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठसँग चौधरी मंसिर २८ गते व्यवहार मिलाउने भन्दै पूर्व आएका थिए। पूर्व आएको ४५ दिनपछि उनीहरु दुवै जनाको एकै प्रकारबाट हत्या गरी शव गाडिएको थियो। 

प्रहरीका अनुसार उनीहरु साथी रहेको तथा श्रेष्ठ जग्गाको कारोबार र चौधरी ठेक्कापट्टा लिएर काम गर्दै आएका थिए। उनीहरु जग्गाको कारोबारका लागि ३ जना पूर्व आएका थिए। पूर्व आएको एक हप्ता पनि बित्न नपाउँदै ‘लफडा भयो, पछि कल गर्छु भन्दै श्रीमतीलाई श्रेष्ठले म्यासेज पढाएका थिए। मृतक दुवैको परिवारसँग अन्तिम पटक पुस ४ पुस सम्पर्क गरेका थियो। उनीहरुले व्यवहार मिलाएर फर्किने भनिएकाले परिवारले प्रहरीमा उजुरी नगरेको बताए। 

पूर्व आएपछि पैसा चौधरीले परिवारसँग २ पटक फोन गरेर २ लाख ८० हजार रुपैयाँ पनि मगाएको चौधरीकी श्रीमती अम्बिकाले बताइन्। उनले भनिन् ‘पुस २ गते पैसा चाहियो भनेपछि ८० हजार र यसअघि २ लाख रुपैयाँ पठाइ दिएको थिएँ। अन्तिम पटक पुस ४ गते कुरा हुँदा व्यवहार मिलाएर चाँडै फर्किन्छु भन्नु भएको थियो।’ प्रहरी स्रोतका अनुसार उनीहरु दुवै जनाको आर्थिक लेनदेनको विवादमा हत्या भएको हुन सक्ने बताएका छन्। प्रहरीले विराटनगर, झापा र काठमाडौंका केही शंकास्पद व्यक्तिमाथि सोधपुछ तथा अनुसन्धान बढाइरहेको छ। 

बुधबार राति र बिहीबार दिउँसो खाल्डोबाट शव निकालिएको थियो। दुवै शवको खोल्डो सानो घोलाकार र करिब १० फिट गहिरो रहेको थियो। बुधबार उत्खनन गरिएको शवलाई डोरीले बाँधेको र टाउको मुनि तथा खुट्टा खुम्चाएर माथिपट्टि पारेर सिधा गाडिएको थियो। बिहीबार उत्खनन गरिएको श्रेष्ठको शव भने खुट्टा खुम्चाएर टाउको माथि हुने गरी सिधा गाडिएको अवस्थामा प्रहरीले निकालेको हो। दुवै शवलाई नुन हालेर खाल्डोमा पुरिएका कारण शव सडेको थियो।

प्रकाशित: १६ माघ २०७८ ११:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App