१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

कालिकोटमा ‘तपाईको मास्क खोई?’ अभियान

कालिकोटमा ‘तपाईको मास्क खोई?’ अभियान सञ्चालन गरिएको छ। प्रहरी र स्वास्थ्यकर्मीले मास्क लगाउन आग्रह गर्दै र्‍याली गरेका छन्। तेस्रो चरणको कोरोना महामारी नियन्त्रणका लागि प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी र अधिकारवादी संघ–संस्थाहरुले शनिबार सदरमुकाम मान्मामा ‘तपाईको मास्क खोई?’ अभियान सञ्चालन गरेका हुन्।

मास्क नलाएकाहरुलाई मास्क लगाउन र खोप नलगाएकाहरुलाई अनिवार्य खोप लगाउन र गाडीका यात्रीहरुलाई मास्क लगाउन आग्रह गरिएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका निमित्त कार्यालय प्रमुख रत्नबीर सुनारले जानकारी दिए।

सुनारका अनुसार कोरोना भाइरसको महामारीबाट जोगिन खोप लगाउन तथा यात्रा गर्दा अनिवार्य मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले अभियान शुरु गरिएको हो।  ‘कोरोनाबाट बच्न खोप लगाउन, मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गर्न, बजारमा खोप नलगाई बस्ने र मास्क नलाई हिँड्नेलाई अनिवार्य खोप र मास्क लगाउन आग्रह गरिएको हो,’ उनले भने, ‘सार्वजनिक सेवा लिनका लागि पनि खोपकार्ड अनिवार्य गरिएको छ।’

प्रहरी प्रमुख कार्यालय कालिकोटका प्रमुख शिद्धराज न्यौपानेले जनचेतनामूलक कार्यक्रममार्फत खोप र सेनिटाइजरको महत्वका बारेमा जानकारी गराइएको बताए। उनले जनचेतनामूलक कार्यक्रमसँगै दुई सय जनालाई मास्क वितरण गरिएको बताए।

प्रकाशित: १५ माघ २०७८ १४:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App