५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

मास्क नलगाई सार्वजनिक स्थलमा हिँड्ने २४ जनालाई कारबाही

डोल्पामा 'तपाईको मास्क खै' अभियान

'तपाईको मास्क खै' अभियान अन्तर्गत प्रहरीले २४ जनालाई कारबाही गरेको छ। ठूलिभेरी नगरपालिका अन्तर्गत सदरमुकाम दुनै बजारमा मास्क नलगाई हिँड्डुल गरिरहेका २४ जना सर्वसाधारणलाई प्रहरीले कारबाही गरेको हो। पछिल्लो समय सार्वजनिकस्थलमा कोभिड १९ व्यवस्थापन समितिको निर्णय विपरित सर्वसाधारण व्यवसायीहरु मास्क नगाएर हिँडिरहेको पाइएपछि प्रहरीले सचेतनामुलक कार्यक्रम अन्तर्गत तपाईको मास्क खै अभियानलाई कडाईका साथ संचालनमा ल्याएको छ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा प्रहरी नायव निरीक्षक भिमलाल न्यौपानेको कमाण्डमा काभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनविरुद्धमा सचेतनामुलक अभियानलाई कडाईका साथ संचालन गरिएको प्रहरी नायव उपरीक्षक निरन्जन थापाले बताए। अभियान अन्तर्गत दुनै बजारमा मास्क नलगाएर हिँडिरहेका २४ जनालाई जनही एक सयका दरले कारबाही गरेर २ हजार ४ सय रुपैयाँ राजश्व समेत उठाइएको प्रहरीले बताएको छ।

पछिल्लो समय मास्क नलगाएर सार्वजनिक स्थलमा मानिसहरु हिँड्डुल गर्ने गरिरहेको गुनासो बढेपछि जिल्ला कोभिड व्यवस्थापन समितिले मास्क अनिवार्य प्रयोग, सामाजिक दूरी कायम, २५ जनाभन्दा बढीको भेला गर्न नपाउने सरकारी कार्यालय तथा सार्वजनिक स्थलमा जाँदा खोप कार्ड अनिवार्य बोक्नु पर्ने निर्णय गरेको छ। डोल्पाका दुनैबजार, जुफाल बजार र खदाङ्ग बजारमा यो अभियानलाई निरन्तरता दिने गरी कडाईका साथ संचालन गरिएको छ।

यसैगरि, डोल्पा प्रवेश गर्ने सडक तथा हवाई यात्रुहरुलाई अनिवार्य एन्टिजेन परीक्षणका लागि जुफाल विमानस्थल र सडक प्रवेशद्वार मानिएको खदाङ्गमा समेत हेल्थडेस्क स्थापना गरी यात्रुको स्वास्थ्य परीक्षण गर्ने गरिएको समेत जिल्ला प्रशासनले जनाएको छ। पछिल्लो समयमा स्वास्थ्य परीक्षणको क्रममा ५ जना कोभिडका र १९ जना सक्रिय संक्रमित फेला परेकोमा उनीहरुको होमआइसोलेसनमा उपचार भइरहेको समेत जिल्ला स्वास्थ्य सेवा कार्यालय डोल्पाले जनाएको छ।

प्रकाशित: १५ माघ २०७८ ०६:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App