१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

एघार हजार भोल्टको विद्युत सट हुँदा घर र गोठमा क्षति

पूर्वी चितवनको रत्ननगरमा ११ हजार भोल्टको विद्युत तार सट हुँदा घर र गोठमा क्षति पुगेको छ। रत्ननगर नगरपालिका–१६ शिवालय टोलका डिल्ली भुजेलको घर र गोठमा क्षति पुगेको हो।

इलाका प्रहरी कार्यालय टाँडीका अनुसार विद्युत सट हुँदा भुजेलको गोठमा रहेको एउटा गाईको बाच्छी र बाख्रो मरेका छन्। दुईवटा बाख्रा र एउटा बच्छी घाइते भएको कार्यालयले जनाएको छ। कार्यालयका प्रहरी निरीक्षक प्रकाश शाहका अनुसार भुजेल सामान्य घाइते भएको र उनलाई उपचारका लागि अस्पताल पठाइएको छ। थप विवरण आउन बाँकी रहेको उनले जानकारी दिए।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र टाँडीका प्रमुख नवीन लाभका अनुसार विद्युत तारलाई पोलबीचमा छुट्याउने पिन इन्सुलेटरबाट तार चुँडियर भुइँमा झर्दा विद्युत सट भएको हो। ओसिलो भुइँमा विद्युतीय तारले छुँदा गोठमा करेन्ट लागेको उनले जानकारी दिए।

उक्त घरगोठ नजिकैबाट हाइटेन्सन लाइन लगिएको छ। घटनापछि अहिले मर्मतको काम सुरु भएको लाभले बताए। रासस

प्रकाशित: १३ माघ २०७८ १४:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App