१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रधानमन्त्री रोजगार कार्यक्रमका योजना स्वीकृत

कोहलपुर नगरपालिकाले नेपाल सरकारको सशर्त कार्यक्रमको रुपमा पाएको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि छनोट भएका योजनाहरु कार्यान्वयन गर्ने भएको छ। कार्यपालिका बैठकले नगरभित्रका ५७ योजनाहरु स्वीकृत गरेसँगै उक्त कार्यक्रम कार्यान्वयनको बाटो खुलेको हो।

कोहलपुरका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि कोहलपुरमा ८२ लाख ९७ हजार रुपैयाँ आएको छ। ‘प्रधानमन्त्री रोजगार कार्यक्रमका योजनाहरु स्वीकृत भएका छन्। अब कार्यक्रम अगाडि बढ्छ,’ उनले भने, ‘प्रतिवडा तीन/चार वटा जति योजनाहरु स्वीकृत भएका छन्।’ नगरपालिका सहरीकरण भएका र घर बहालमा लगाउने वडाहरु (१, २, ३, ४, ८, ९, १०, ११, १२ र १४) मा घरबहाल करको दायरा विस्तार गर्न बहालमा लगाएका घरहरु (बहाल बिटौरी करमा समावेश भएका घरहरुको समेत) लगत संकलन गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सूचीकृत व्यक्तिहरुमध्पे छनोट गरी काममा लगाउने उनको भनाइ छ।  

‘त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बाँकेबाट लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको कार्य सम्पादन गर्ने गरी कार्यालय भवन बनाउने जग्गा उपलब्ध गराउन अनुरोध गरिएको छ,’ कार्यपालिकाको बैठकमा निर्णय भएको छ, ‘नगरपालिकाको सर्वदलीय बैठकबाट समेत निर्णय भइ सिफारिस भएको नगरपालिकाको वडा नम्बर ४ कार्यालय, किरणनाला सँगै जोडिएको साविक रझेना ३ख को जग्गामध्ये ६ कठ्ठा ऐलानी जग्गा उपलब्ध गराउन नेपाल सरकारको सम्बन्धित निकायमा सिफारिस गर्ने।’  

फिल्डमा जग्गा जमिन नपुग भएको, पूर्जा तथा कित्ता नम्बर नमिलेकोलगायतका समस्या विद्यमान भएको हुँदा उक्त जग्गाहरुमा नगरपालिकाले नक्सापास, कारोबार सिफारिसलगायत कार्य हाललाई नगर्ने/नगराउने निर्णय भएको छ। उक्त समस्या यथाशिघ्र समाधानका लागि नापी विभाग, नापी कार्यालय एवम् भूमि सुधार तथा मालपोत कार्यालयमा लेखी पठाउनेसमेत निर्णय भएको नगरपालिकाले जनाएको छ। 

नगरपालिकाका कृषकको सुविधालाई ध्यानमा राखी च्याउ खेतीलाई लक्षित गर्दै चिलंग भ्यान खरिद गर्न नगरपालिकाको भेरी जेष्ठ नागरिक कृषक समूहले व्यवस्थापन गर्ने गरी सात लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत ढकालले जनाए।

प्रकाशित: १२ माघ २०७८ १३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App