१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नेपालमा भ्रष्टाचारको अवस्था सुध्रिएन

ट्रान्सपरेन्सी इन्टरनेसनलले गत वर्ष (सन् २०२१) मा संसारभरका देशहरूको भ्रष्टाचारको स्थितिको सूचकांक सार्वजनिक गरेको छ। जसअनुसार नेपाल बढी भ्रष्टाचार हुने मुलुकको लीस्टमा परेको छ। 

ट्रान्सपरेन्सीले सार्वजनिक गरेको सूचकांकअनुसार गत वर्ष भ्रष्टाचारमा नेपालले ३३ अंक पाएको छ। कम भ्रष्टाचार हुने मुलुकको क्रमशः तथ्यांक जारी गर्दा ट्रान्सपरेन्सीले नेपाललाई ११७औँ स्थानमा राखेको छ। गत वर्ष पनि नेपालको स्थान यति नै थियो। यसको अर्थ नेपालको भ्रष्टाचार अवस्था नसुध्रिएको ट्रान्सपरेन्सीले जनाएको छ।

‘गत वर्ष पनि यस सूचीमा नेपालको अंक ३३ ९११७औँ स्थान० नै रहेको थियो,’ ट्रान्सपरेन्सीले भनेको छ, ‘यसअनुसार नेपाल भ्रष्टाचारव्याप्त मुलुकहरूको श्रेणीमै रहेको छ।’ अघिलो र यस वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रूपमा लिन सकिने संस्थाले जनाएको छ। ट्रान्सपरेन्सीले एक सय ८० देशको भ्रष्टाचारको अवस्था अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको हो।

५० भन्दा कम अंक पाउनेलाई ट्रान्सपरेन्सीले बढी भ्रष्टाचार हुने मुलुक मान्छ। २०२१ मा दुईतिहाइ मुलुकले ५० भन्दा कम अंक पाई बढी भ्रष्टाचार हुने मुलुकका रूपमा रहेका जनाइएको छ। यस वर्षको औसत स्कोर ४३ छ। त्यसभन्दा कम अंक पाउनेलाई अति भ्रष्टाचार हुने मुलुकका रूपमा लिइन्छ। यही अंकका आधारमा ‘ र्‍यांक’ निकालिन्छ।

ट्रान्सपरेन्सीका अनुसार गत वर्ष डेनमार्क, फिनल्यान्ड र न्युजिल्यान्ड सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा सूचीकृत भएका छन्। ती मुलुकले सयमा ८८ अंक पाएका छन्। त्यस्तै सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा दक्षिण सुडान रहेको छ। ११ अंकसहित उक्त देश १८०औँ स्थानमा छ।  सिपिआई २०२१ मा दक्षिण एसियाली राष्ट्रहरूमध्ये भुटान सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा छ। भुटानले ६८ अंक प्राप्त गरी २५औँ स्थानमा छ। 

प्रकाशित: ११ माघ २०७८ ०७:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App