१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सुपादेउराली मन्दिरको मुल प्रवेशद्वार बन्द

कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै नेपालकै चर्चित धार्मिकस्थल सुपा–देउराली मन्दिरको मुल प्रवेशद्वार बन्द गरिएको छ।

तीव्र गतिमा फैलिँदै गएको संक्रमण तथा मन्दिर परिसरका बासिन्दाहरुमा संक्रमण पुष्टि भएपछि मन्दिरको मुल गेट बन्द गरिएको हो। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र रुपमा फैलिएको र मन्दिर परिसरका बासिन्दाहरुमा कोरोना संक्रमण पुष्टि भएकाले माघ ७ गतेदेखि मन्दिरको मुल ढोका बन्द गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रितम थापाले जानकारी दिए।  

मन्दिरको ढोका बन्द गरिएपनि मन्दिरमा दर्शन गर्ने भक्तजनको आवत–जावत र नियमित हुने नित्यपूजा, बलि दिने कार्य भने नरोकिने थापाले बताए। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी भिडभाड रोक्न भनेपछि मन्दिरको मुल प्रवेशद्वार बन्द गरिएको हो।

प्रकाशित: ७ माघ २०७८ ११:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App