प्रेस चौतारी नेपाल ताप्लेजुङको ५ औं जिल्ला अधिवेशनले बसन्त पालुङ्वा अध्यक्ष रहेको ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ। समितिको उपाध्यक्षद्धयमा मदन गौतम र अमृता थलङ, सचिवमा तेञ्जिङ पाङ्कर्मा शेर्पा, सहसचिवद्धयमा गंगा लिङ्खिम र जीतेन चेम्जोङ र कोषाध्यक्षमा संगिता कार्की चयन भएका छन्। सदस्यहरुमा किरण गदाइली, जुनिता ओझा, लाक्पा शेर्पा र सुनिता रसाइली रहेका छन्।
अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सुवास आचार्य र सहारा लङ्वा तथा प्रदेश अधिवेशन प्रतिनिधिमा केशव आचार्य र रबिना(बर्षा) राईलाई चयन गरेको छ। नयाँ कार्य समितिलाई प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य खगेन्द्र अधिकारीले बधाइ ज्ञापन गर्दै संस्थालाई बलियो र प्रभावकारी पेशागत संगठन बनाउने कार्यमा नयाँ कार्य समिति अग्रसर हुने बताए। ५ औं जिल्ला अधिवेशन आयोजक समितिका संयोजक सुवास आचार्यले पत्रकारिता क्षेत्रमा नयाँ आयाम ल्याउने कार्यमा प्रेस चौतारी नेपालको नयाँ कार्य समिति सफल हुने विश्वास लिए।
कार्यक्रममा प्रेस चौतारी नेपाल केन्द्रीय सम्मेलन आयोजक समिति सदस्य शान्ता आङ्बुहाङ, प्रेस चौतारी नेपालका प्रदेश कमिटी सदस्य मनमणि काफ्ले लगायतको उपस्थिति रहेको थियो।
प्रकाशित: ६ माघ २०७८ १५:१६ बिहीबार